Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्रीको भेटवार्ता


    सोमबार, माघ १९ २०८२
    485
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धका लागि कोशेढुङ्गा भएको बताएका छन्।

    जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओसँगको भेटवार्ताका क्रममा दुई देशको सम्बन्धबारे चर्चा गरेका हुन्।

    उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

    राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको चार दिने भ्रमणमा छन्। त्यसका क्रममा सोमबार जापानी परराष्ट्र राज्यमन्त्रीले भेटवार्ता गरेका हुन्।

    भेटवार्ताका क्रममा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले गत भदौ २३ र २४ गते भएको प्रदर्शनीपछि राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि खेलेको भूमिकाप्रति देशबाहरि पनि अत्यन्त प्रशंसा भएको बताए। नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधै सहयोग गर्ने उनले बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार