Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • युएई कारागारमा रहेका २७६ नेपालीले पाए आममाफी


    आइतबार, माघ १८ २०८२
    475
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • युएई कारागारमा रहेका २७६ नेपालीले पाए आममाफी

    काठमाडौँ। नेपाल सरकारले यूएई सरकारले त्यहाँका कारागारमा रहेका २६७ जना नेपालीलाई ५४औँ राष्ट्रिय दिवसको अवसरमा आममाफी दिएको जनाएको छ।

    यूएई सरकारले आममाफी निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा गरेको हो।

     

    माफी पाएका नेपालीले अन्य कानुनी मुद्दा नभएमा आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्नेछन्।

    १८ माघ, काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स ९यूएई० सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ । यूएई सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई माफी दिएको हो ।

    नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीचको सम्बन्ध, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको सराहना गरेको छ ।

    उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक-पटकको अनुरोधको प्रत्युत्तरस्वरूप यूएई सरकारले उक्त निर्णय गरेको बताइएको छ ।

    माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा त्यहाँकोा प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार