Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • समानुपातिकको २ करोड ८ लाख ३० हजार मतपत्र छपाई


    आइतबार, माघ १८ २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

    आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र छपाइबारे जानकारी दिएका हुन् ।

    प्रवक्ता भट्टराईका अनुसार, प्रत्यक्षतर्फ पनि २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ ।

    माघ १७ शनिबार बेलुकासम्म ३० लाख मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छाप्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार