Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दलका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेनन्: अध्यक्ष ढकाल


    आइतबार, माघ १८ २०८२
    360
    Shares
    dGtJo k|wfgdGqL …k|r08Ú b'aO{, !% dªl;/ M g]kfn pBf]u jfl0fHo dxf;ª3 / b'aO{ r]Da/n] ;+o'Qm ?kdf cfof]hgf u/]sf] sfo{qmdnfO{ z'qmaf/ dGtJo ub}{ g]kfn r]Da/ ckm sdz{sf cWoIf rGb| 9sfn . tl:a/ M k|bLk/fh jGt÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक ऐजेण्डा स्थापित हुनुपर्ने बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा धारणा राख्दै अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने उनले बताए ।

    कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उनले बताए । ‘राजनीतिक दलका नेताले अर्को दललाई नराम्रो देखाउने प्रचलन छ । आफ्ना एजेण्डा स्थापित गर्नतर्फ कोही लाग्दैनन्’, ढकालले भने ।

    निजी क्षेत्रप्रति राजनीतिक दलको धारणा नकारात्मक हुने गरेकोले पनि विभिन्न समयमा त्यसको असर भोग्नु परेको बताए । ‘निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन?’ उनले भने, ‘मन्त्रालय मन्त्रालयबीच कोडिनेसन छैन । डिसिजन गर्दा पपुलरिजन खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’

    निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार