Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशम चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सुनुवाइ हुँदै


    आइतबार, माघ १८ २०८२
    515
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटको सुनुवाइ हुने भएको छ।

    उक्त रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।

    यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार