स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जाका ५६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
जिल्लामा रहेका कुल १९९ मतदान स्थलमध्ये ७१ वटा संवेदनशील र ७२ वटा सामान्य सूचीमा परेका छन् ।
जिल्ला सुरक्षा समितिले जिल्लाका सबै मतदान स्थलको अवस्था मूल्यांकन गरी सुरक्षाको अवस्था, भौगोलिक बनावट र विगतका गतिविधिलाई आधार मानेर सबै मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।
प्रजिअ अर्यालका अनुसार सडक र यातायातको पहुँच, भौगोलिक अवस्था, सूचना तथा सञ्चारको पहुँच, अघिल्ला निर्वाचनमा देखिएका गतिविधि र समग्र सुरक्षा अवस्थालाई मुख्य आधार बनाएर संवेदनशीलता निर्धारण गरिएको हो । उनले भने, ‘मतदान स्थलको प्रकृतिअनुसार फरक(फरक सुरक्षा योजना बनाइएको छ । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउनेतर्फ प्रशासनको तयारी केन्द्रित छ ।’
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा रहेका राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रतिबद्धता जनाएको पनि प्रशासनले जनाएको छ ।
मतदानस्थलको अवस्थाबारे यथार्थ जानकारी लिन जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समिति र निर्वाचन अधिकृतको संयुक्त टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरिरहेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १९९ मतदान स्थलमा यसपटक ३ सय २२ मतदान केन्द्र तोकिएका छन् ।
अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष दुई मतदान केन्द्र थपिएका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए । जिल्ला कारागार स्याङ्जामा भने एक अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend