काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले अहिलेकै अवस्थामा स्वास्थ्य वीमा कार्यक्रम अगाडि नबढ्ने भएकाले ब्यवस्थित गर्ने अभिब्यक्ति दिंदैआएकी छन् । स्वास्थ्य वीमा कार्यक्रम किन अगाडि बढ्न सकेन भन्नेतर्फ कसैको पनि ध्यान जान सकेको छैन ।
स्वास्थ्य वीमा बोर्डले अघिल्लो आर्थिक बर्ष २०८१–०८२ को बाँकी वीमा भुक्तानी चालु आर्थिक बर्षमा गरेको छ । जबकि अघिल्लो बर्षको भुक्तानी चालु आर्थिक बर्षमा गर्न नियमतः मिल्दैन । अघिल्लो बर्षको वीमादाबी भुक्तानी चालु आर्थिक बर्षमा गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेमा नागरिक सरकारकी स्वास्थ्य मन्त्री डा. गौतमसमेत छानबिनमा तानिने भएकी छन् । स्वास्थ्य मन्त्रालयले गौतम मन्त्री भइसकेपछि पनि वीमा बोर्डलाई अघिल्लो बर्षको बाँकी वीमा भुक्तानीका लागि ठूलो रकम उपलब्ध गराएको छ ।
वीमा कार्यक्रम किन भयो असफल ?
वीमा बोर्डबाट राजीनामा दिएर बाहिरिएका कार्यकारी निर्देशक रघुराज काफ्लेले सरकारी अस्पताललाई भन्दा प्राइभेट अस्पताललाई मात्र भुक्तानीमा प्राथमिकता दिने गरेकाले वीमा कार्यक्रम सरकारले थेग्न नसक्ने अवस्थामा पुगेको स्रोत बताउँछ । मोटो कमिसन आउने भएकाले उनले सरकारी भन्दा प्राइभेटलाई मात्र भुक्तानीमा प्राथमिकता दिएपछि एकपछि अर्को सरकारी अस्पताल वीमा कार्यक्रमबाट बाहिरिएका थिए ।
प्रायःजसो प्राइभेट अस्पतालहरुले त वीमित नै नक्कली बनाएर दाबी भुक्तानीका लागि पेश गर्ने गरेका र काफ्लेले र बोर्डका सदस्य डा. मुक्ति श्रेष्ठले सेटिङमा भुक्तानी दिने गरेको आरोप लाग्दैआएको छ । स्रोतका अनुसार प्राइभेट अस्पतालहरुले ३ हजार ५ सय रुपैयाँ तिरेर वीमित नै नक्कली बनाउने गरेका छन् । प्राइभेट अस्पतालहरुले नक्कली वीमित बनाएर भुक्तानी लिने गरेका छन् । कतिपय प्राइभेट अस्पतालले कतिपय अस्पतालले ५ जनाको वीमा गरेका हुँदैनन्, ५० जनाको भुक्तानी लिने गरेका छन् । गत आर्थिक बर्षमा सरकारीलाई भन्दा भुक्तानीमा प्राइभेट अस्पताललाई प्राथमिकता दिइएको आरोप बार्डमाथि लाग्दैआएको छ ।
अर्कोतर्फ स्वास्थ्य वीमामार्फत् बिरामीलाई प्रदान गरिने औषधि समेत गुणस्तरहीन खरिद हुने गरेको छ । गुणस्तरहीन औषधि खरिदमा समेत ठूलो कमिसनको खेल हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीमितहरुको लागि आवश्यक औषधि खरिदका लागि प्रत्येक अस्पताललाई दाबी गरेको रकम निकासा गर्दछ । त्यो रकमबाट अस्पतालहरुले औषधि खरिद गर्ने गर्दछन् ।
नक्कली बिरामी खडा गरी वीमा दाबी सरकारी अस्पतालले गर्ने संभावना क्षीण हुन्छ । तर सरकारी अस्पतालका प्रमुखहरुले वीमितहरुको औषधि खरिदमा चलखेल गर्ने गरेका छन् । वीमाको औषधि खरिदमा सरकारी अस्पतालका प्रमुखले समेत स्वास्थ्य वीमाको बजेटमा तर मार्ने गरेको स्रोत बताउँछ । कतिपय सरकारी अस्पतालका कर्मचारीहरुले खरिद नै नगरेको औषधिको बिल मात्र बनाएर समेत भ्रष्टाचार गर्दैआएका छन् ।
त्यसैगरी, सक्कली वीमितको उपचारबापतको रकम नक्कलीलाई दिएर समेत भ्रष्टाचार हुने गरेको छ । स्वास्थ्य वीमा गरेको एउटा बिरामी हुन्छ, ऊ बिरामी भएन वा परीक्षण गर्नुपरेन भने उसको वीमाबापत पाउने सुविधा अर्को बिरामीलाई दिने जस्तो कार्यसमेत हुँदैआएको छानबिन गर्ने हो भने खुल्ने स्रोेत बताउँछ ।
नाम वीमा गरेको ब्यक्तिको राखी वीमा बोर्डमा पेश गरी भुक्तानी लिने गरिएको छ । अस्पतालहरुले नक्कली वीमित बनाउने, सक्कली वीमितको रकम अर्को नक्कली बिरामीलाई दिलाउने र औषधि खरिदसमेत गुणस्तरहीन गरी वीमा बोर्डमा भुक्तानीका लागि पेश गर्ने गरेका छन् ।
स्वास्थ्य वीमा कार्यक्रममा हुने गरेको सेटिङ र त्यसबाट हुने लाभ देखेर पछिल्ला दिनमा देशभरका प्राइभेट अस्पतालहरु वीमा कार्यक्रमसँग जोडिन लाखौं खर्च गर्नसमेत तयार हुने गरेका छन् । स्वास्थ्य वीमा बोर्डमा सूचीकरण हुन स्वास्थ्य मन्त्री, सचिव र मन्त्रालयका कर्मचारीदेखि बिचौलियाहरुमार्फत् प्राईभेट अस्पतालहरुले ठूलै रकम खर्च गर्ने प्रस्ताव बोकेर पुग्ने गरेका छन् ।
स्वास्थ्य वीमा बोर्डका अध्यक्षसहितको ९ सदस्यीय बोर्ड हुन्छ । सोही बोर्डले वीमा दाबी भुक्तानीको निर्णय गर्दछ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिका रुपमा सहसचिव सदस्य हुन्छन् भने अर्थममन्त्रालयका प्रतिनिधि, स्वास्थ्य मन्त्रालयले मनोनीत गरेका ३ जना विज्ञ सदस्य र वीमितको तर्फबाट २ जना सदस्य हुन्छन् । बोर्डको सदस्यसचिवका रुपमा कार्यकारी निर्देशक रघुराज काफ्ले रहेका थिए ।
स्वास्थ्य वीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले र सदस्य डा. मुक्तिराम श्रेष्ठसहितको मिलेमतोमा वीमा भुक्तानीमा अनियमितता हुने गरेको थियो । तर बोर्डले सबै दोष जति स्वास्थ्य मन्त्रालयतिर देखाएर आफू पानीमाथिको ओभानो बन्दै प्राइभेट अस्पतालहरुसँग कुस्त लाभ लिने गरेको स्रोत बताउँछ ।
अस्पतालहरुले पेश गरेका बिलहरुमा भएका कैफियतका बारेमा सबै जानकारी स्वास्थ्य वीमा बोर्डका कार्यकारी निर्देशक र बोर्डका केही कर्मचारीहरुलाई हुन्छ । अस्पतालहरुले बिल पेश गरिसकेपछि वीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेदेखि लेखाका कर्मचारीहरुसँग कमिसनको डिल हुने गरेको थियो । र, कमिसनमा कुरा मिलेपछि बोर्डबाट भुक्तानी हुने गर्दैआएको थियो ।
अस्पतालहरुबाट हुने चलखेलका बारेमा जानकार रहेका वीमितका तर्फबाट बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठ र कार्यकारी निर्देशक काफ्लेको सेटिङमा प्राइभेट अस्पतालहरुसँग सेटिङ गरी वीमा भुक्तानी हुँदैआएको स्रोतको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीमा दाबी भुक्तानीको बस्तुनिष्ठ छानबिन गर्ने हो भने नक्कली वीमितका नाममा कति भुक्तानी भएको छ, सबै छर्लङ्ग हुनेछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend