Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • एमालेलाई बदनाम गर्ने योजनाबद्ध प्रयास भइरहेको छ: महेश बस्नेत


    शुक्रबार, माघ १६ २०८२
    670
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी गम्भीर प्रकृतिका आरोप लगाउने क्रम योजनाबद्ध रूपमा अघि बढाइएको दाबी गरेका छन्।

    शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले हाल सार्वजनिक रूपमा देखिएका गतिविधि र अभिव्यक्तिहरूले राजनीतिक नेतृत्वमाथि व्यक्ति हत्यासम्मको आरोप थोपर्ने वातावरण सिर्जना गर्न खोजिएको बताए।

    उनका अनुसार भदौ २३ गते भएको जेन जेड आन्दोलनका क्रममा २३ जनाको ज्यान गएको थियो। उक्त घटनापछि तत्कालीन प्रधानमन्त्रीका रूपमा अध्यक्ष ओलीले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको उनले उल्लेख गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार