Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • राष्ट्रिय युवा संघमा नेतृत्व परिवर्तन गर्ने तयारी


    शुक्रबार, माघ १६ २०८२
    430
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेसँग आबद्ध राष्ट्रिय युवा संघमा नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढ्ने देखिएको छ। संघका वर्तमान अध्यक्ष क्षितिज थेबेले पदबाट अलग हुने तयारी गरेका छन्।

    पार्टी केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहिसकेका थेबेले संगठनको नेतृत्व निरन्तरता नदिने निर्णयतर्फ अग्रसर भएका हुन्। राष्ट्रिय सभा गृहमा आह्वान गरिएको केन्द्रीय युवा परिषद् बैठकमार्फत नेतृत्व परिवर्तनसम्बन्धी प्रक्रिया टुंग्याउने तयारी गरिएको जनाइएको छ।

    थेबे गत जेठ महिनामा पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका थिए। संगठनात्मक निरन्तरता कायम राख्ने क्रममा उनको बहिर्गमनपछि हालका उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ। सोही बैठकबाट गुरुङलाई नयाँ अध्यक्षका रूपमा चयन गर्ने कार्यसूची रहेको संघ स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार