Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुग्लिन-नारायणगढ सडकखण्डमा बस पल्टियो, ३८ जना घाइते


    शुक्रबार, माघ १६ २०८२
    510
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको हो ।

    लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस घुमाउने भन्ने स्थानमा पल्टिएको हो । प्रहरीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।

    मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरूको उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार