काठमाडौैं । महान्यायाधीवक्ता सबिता भण्डारी बडालको बिरुद्ध गाली बेइज्जती गरेको आरोपमा बुधबार पक्राउ परेका युवराज पौडेल सफल बिहीबार छुटेका छन् ।
उनले हिरासतमुक्त हुनासाथ कागजी बाघलाई महिनौंसम्म खोरमा थुन्न सकिन्छ तर वास्तविक बाघलाई धेरै समय खोरमा थुन्न नसकिने भन्दै सामाजिक संजालमा स्टाटस लेखेका छन् ।
आफू पक्राउ परेकोमा खुसी मानेकाहरुलाई चुनौती दिंदै उनले शाही अमेरिकी सरकारको एमसीसी विरोधी आफूलाई फसाउने मिसन असफल समेत उनले उल्लेख गरेका छन् । सफलले विश्व शक्तिले हारेको, राष्ट्र ,राष्ट्रियताले जितेको दाबी गरेका छन् ।
हिरासतमुक्त भएपछि सफलले लेखेका छन्–‘युवराज सफल नियन्त्रणमा परेको थियो जुल्फे एण्ड सुल्फे कम्पनीले भब्य खुसी मनाएछ, खसी, कुखुरा, माछा र बियर पनि खाएछ, कता कता युवराज सफल अब कयौं बर्षको लागि जेल गयो भनेर पनि लेख्न भ्याएछन् । तर २४ घण्टामा युवराज सफल हिरासतमुक्त भएपछि युवराज सफल कसरी जेलमुक्त भयो भनेर जुल्फे एण्ड सुल्फे कम्पनीमा रोइकराई छ ।
जसरी बिर्को लागेको बट्टाभित्रको चिनीमा कमिलो पस्यो, युवराज सफल पनि त्यसैगरी भित्र पर्यो अनि बिर्को लगाएको बट्टाबाट जसरी कमिला बाहिर निस्कियो त्यसैगरी बाहिर निस्कियो ।
कागजी बाघलाई महिनौंसम्म खोरमा थुन्न सकिन्छ तर वास्तविक बाघलाई धेरै समय खोरमा थुन्न सकिन्न चेतना भया । शाही अमेरिकी सरकारको एमसीसी विरोधी युवराज सफललाई फसाउने मिसन असफल भएको छ, विश्व शक्तिले हारेको छ, राष्ट्र, राष्ट्रियताले जितेको छ, म हिरासतमुक्त भएको छु ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend