Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • राष्ट्रपति पौडेलको जापान भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत


    बिहिबार, माघ १५ २०८२
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापानमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागिता जनाउन राष्ट्रपति रामचन्द्र पौडेल जापान जाने भएका छन्।

    राष्ट्रपति पौडेलको नेतृत्वमा रहने प्रतिनिधिमण्डलको जापान भ्रमणका लागि बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ। सरकारका अनुसार उक्त भ्रमण माघ १८ देखि २१ गतेसम्म रहनेछ।

    सरकारले जानकारी दिएअनुसार यो भ्रमण नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यसहित तय गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार