Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • महासचिव पोखरेलले सार्वजनिक गरे चुनावी एजेण्डा, के छन् प्रतिबद्धता ?


    बिहिबार, माघ १५ २०८२
    505
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आगामी निर्वाचनका लागि आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

    नेकपा एमालेका महासचिव समेत रहेका पोखरेलले दाङको समग्र विकासलाई केन्द्रमा राख्ने बताएका छन् ।

    दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने वाचा पूरा गरेको स्मरण गराउँदै पोखरेलले आफू संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गर्दै दाङको पूर्वाधार विकासको आधार तयार गर्न भूमिका खेलेको दाबी गरेका छन् ।

    पोखरेलले अवसर पाउँदा दाङवासीको गौरव बढाउने काम गरेको र पराजय व्यहोर्दा पनि जिल्लाको सेवामा निरन्तर समर्पित रहेको बताएका थिए । अब राष्ट्रको नेतृत्वकारी भूमिकामा दाङलाई पुर्‍याउने समय आएको बताउँदै उनले दाङमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू पूरा गर्ने र नयाँ योजनाहरू अघि बढाउने प्रतिबद्धता गरेका छन् ।

    यस्ता छन् चुनावी एजेण्डा :

    लमही–घोराही–तुल्सीपुर फोरलेन सडक निर्माण सम्पन्न गर्ने

    ३५० बिघा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण गर्ने

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ४०० बेडको नयाँ अस्पताल भवन निर्माण गर्ने

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्रादेशिक इन्जिनियरिङ कलेज सञ्चालन

    गुहारखोला हाइड्याम तथा नहर प्रणाली विकास

    तुल्सीपुर विमानस्थल विस्तार गरी ७२ सिटे जहाज उडान–अवतरण योग्य बनाउने योजना

    ग्रामीण सडक कालोपत्रे

    शहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण

    सामुदायिक विद्यालयको गुणस्तर सुधार

    स्वास्थ्य बीमाको दायरा विस्तार

    कृषिको आधुनिकीकरण र व्यवसायीकरणयुवाका लागि विना धितो सहुलियत ऋण

    नयाँ लगानीकर्तालाई आयकर छुट तथा सिचाइ सुविधा विस्तार

    यसैगरी घोराही–वंगलाचुली खानी क्षेत्र जाने सडक ढलान गर्ने

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार