Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय जनमोर्चाको घोषणा-पत्र सार्वजनिक


    बुधबार, माघ १४ २०८२
    545
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बुटवल । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

    बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसी लगायत नेताले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    अध्यक्ष केसीले मतदातालाई भ्रममा नपर्न सचेत रहन र देशको भविष्य सम्झेर मतदान गर्न आग्रह गरेका छन् । नेतृ दुर्गा पौडेलले सहकारी ठगी तथा विध्वंसमा संलग्न नयाँ उम्मेदवारबारे सचेत रहन आग्रह गरिन् ।

    घोषणापत्रका मुख्य बुँदा :-

    • तीन तहको संघीयता खारेज, त्यसमा हुने खर्च शिक्षा र स्वास्थ्यमा लगानी ।
    • शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निशुल्क ।
    • सबै तहका भ्रष्टाचारबारे उच्चस्तरीय आयोगमार्फत छानबिन र कारबाही ।
    • कृषि आधुनिकीकरण, भूमिसुधार, किसान अनुदान, बीउ–मलको सहज व्यवस्था, कृषिजन्य उत्पादनमा विदेशी हस्तक्षेप नियन्त्रण ।
    • उद्योग संरक्षण, विदेशी तथा दलाल पूँजीको रोकथाम
    • वातावरणीय संरक्षण, प्राकृतिक स्रोतको दुरुपयोग नियन्त्रण ।
    • जलस्रोतको विकास, जलविद्युत र औद्योगीकरणमा जोड ।
    • विदेश नीति राष्ट्रियता, सार्वभौमिकता र समानतामा आधारित । असमान सन्धि र एमसिसी खारेज ।
    • श्रम अधिकार सुनिश्चित, बेरोजगारका लागि योजना, नो-वर्क नो-पे नीति खारेज ।
    • बालबालिका, एकल महिला, जेष्ठ नागरिक, महिला–दलित तथा फरक क्षमता भएका व्यक्तिका लागि विशेष हक–हित सुनिश्चित ।
    • प्रत्यक्ष तर्फ ७० र समानुपातिक ११० उम्मेदवार उठाउने योजना ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार