Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुक्तिनाथ र उपल्लो मुस्ताङमा भारी हिमपात, यात्रा नगर्न प्रहरीको अनुरोध


    बुधबार, माघ १४ २०८२
    295
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मुक्तिनाथसहित उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा लगातार हिमपात भइरहेका कारण सडक अवरुद्ध भएको छ। यसले यात्रामा जोखिम बढाएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले उक्त क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको छ।

    प्रहरीका अनुसार हिमपातका कारण सडक चिप्लो हुनुका साथै केही स्थानमा बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ, जसले यात्रुहरूको सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अवस्था छ।

    बुधबार जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै भनेको छ, “माघ १४ गते मुक्तिनाथसहित उपल्लो मुस्ताङका क्षेत्रहरूमा हिमपात भइरहेको र बाटो अवरुद्ध रहेको हुँदा उक्त क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रुहरू तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ।”

    प्रहरीले मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न र अत्यावश्यक अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरी मात्र यात्रा गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार