Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने


    मंगलबार, माघ १३ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर आगामी फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्ने भएको छ।

    मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनकपुरधाममा विशेष सभा गर्न लागेको बताएका छन्। यसअघि कांग्रेसले माघ १६ मा विशेष सभा गर्ने तयारी गरेको थियो। तर, निर्वाचन आचारसंहितका कारण स्थगित गरेको थियो।

    अब फागुन ७ मा विशेष सभा गर्न चालिसेले बताए। त्यसपछि अन्य प्रदेशमा पनि आम सभा गरिने उनले जानकारी दिए।

    यससँगै कांग्रेसले चुनावी घोषणापत्र तयारी गरिरहेको जनाएको छ। केही दिनभित्रै घोषणापत्र सार्वजनिक गरिने जानकारी दिँदै प्रवक्ता चालिसेले त्यसमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रम समावेश हुने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार