काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० लाई स्थापित गराउन देशी-विदेशी शक्तिहरूले ठुलो लगानी गरिरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विचार र सिद्धान्तभन्दा पनि ुस्टन्टु को भरमा लोकप्रिय हुनेहरूलाई बाह्य शक्तिले प्रयोग गरिरहेको दाबी गरेका हुन्।
पूर्वप्रधानमन्त्री दाहालले त्याग, तपस्या र बलिदानको राजनीतिलाई पाखा लगाएर केवल चर्चाका लागि काम गर्नेहरूलाई प्रवर्द्धन गरिनु मुलुकका लागि सुखद नभएको बताए। उनले भने, ‘अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी(विदेशी शक्तिहरूले ठुलो लगानी गरेको हामीले देखिरहेका छौ।
यस्ता शक्तिहरूले भ्रष्टाचार विरुद्धको अभियान र सामाजिक न्यायको मुद्दालाई वास्तविक रूपमा भन्दा पनि प्रचारमुखी शैलीमा मात्रै अघि बढाएको उनको जिकिर छ। दाहालले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न कम्युनिस्ट र वामपन्थी शक्तिहरूबिचको एकता अपरिहार्य भएको उल्लेख गरे।
इतिहासको सम्मान गर्ने र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्नकै लागि आफूले कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रियालाई तीव्रता दिएको उनको भनाइ छ।
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend