Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत


    मंगलबार, माघ १३ २०८२
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज सम्पन्न बैठकमा दुईवटा महत्वपूर्ण समितिगत प्रतिवेदन सभासमक्ष पेस गरिएको छ।

    बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिबाट तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिन्।

    प्रतिवेदन पेस गर्ने क्रममा उनले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जन उद्योगका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य रहेको उल्लेख गरिन्।

    साथै चलचित्रमार्फत मुलुकको पर्यटन प्रवर्द्धन, प्रदर्शनपूर्व परीक्षणको व्यवस्था तथा चलचित्र क्षेत्रको नियमन र विकासका लागि उक्त कानुन आवश्यक रहेको धारणा व्यक्त गरिन्।

    त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आर्थिक वर्ष २०८१र८२ का लागि तयार गरिएको समितिको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत गरे।

    संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको आगामी बैठक यही माघ १४ गते बुधबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने तय गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार