Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • आजपनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, माघ १३ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो।

    मंगलबार छापवाल सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार