Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट


    सोमबार, माघ १२ २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    गृह मन्त्रालयमा सोमबार भएको भेटमा उहाँहरूबीच पछिल्लो राजनीतिक परिस्थिति , चुनाव र अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको बारेमा छलफल भएको छ ।

    त्यसक्रममा मन्त्री अर्यालले फाल्गुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा शान्ती सूरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले तीव् रुपमा काम गरिरहेको बताए ।

    राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार