काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले हालको राजनीतिक अवस्था निर्वाचन सम्पन्न हुँदैमा सहज रूपमा समाधान नहुने धारणा सार्वजनिक गरेका छन्।
उनले चुनाव पछिसमेत मुलुकले राजनीतिक तथा भूराजनीतिक दबाबहरू सामना गर्नुपर्ने भएकाले नागरिकले सजगतापूर्वक र धैर्यका साथ अवस्था बुझ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
भिडियो सन्देशमार्फत भुसालले निर्वाचनपछि पनि आन्तरिक शक्ति सन्तुलन र बाह्य प्रभावका कारण थप जटिलता उत्पन्न हुन सक्ने उल्लेख गर्दै शान्तिपूर्ण ढंगले चुनौती सामना गर्न सक्ने सामाजिक र राजनीतिक वातावरण निर्माणमा ध्यान दिन आग्रह गरेका छन्।
उनले भदौ २३ र २४ गते भएका जेन जेड आन्दोलनपछिको घटनाक्रम स्मरण गर्दै स्थापित राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त गर्नेहरू र आफ्ना कमजोरी ढाकछोप गर्न पुनः निर्वाचनमार्फत जनमत प्रयोग गर्न खोज्ने प्रवृत्तिले समस्या थप गहिरो बनाएको टिप्पणी गरेका छन्। भदौ २३ गतेको आन्दोलनका क्रममा आफू बानेश्वर पुगे पनि आन्दोलनको नेतृत्व अन्यत्रबाट भएको र त्यसकै परिणामस्वरूप भदौ २४ गते प्रधानमन्त्रीलाई पछि हट्नु परेको उनको भनाइ छ।
भुसालले पुराना राजनीतिक शक्तिले आफ्नो अयोग्यता लुकाएर जनतालाई भ्रममा पार्दै पुनः सत्ता प्राप्त गर्ने प्रयासले मुलुकलाई निकास नदिने स्पष्ट पारेका छन्। यसमा भूराजनीतिक स्वार्थ बोकेका शक्तिहरूको हस्तक्षेप थपिएको भन्दै उनले मुलुकमा हिंसात्मक वा अराजक आन्दोलन नेपाली नागरिकको स्वाभाविक चाहना नभएको दाबी गरेका छन्।
उनले विगतमा सत्ताको सबै सुविधा र शक्ति हातमा हुँदासमेत तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिचौलियातन्त्रविरुद्ध स्पष्ट संघर्ष गर्न नसक्दा ठूलो राजनीतिक क्षति व्यहोर्नुपरेको बताए। सत्ता मोह कति नकारात्मक हुन्छ भन्ने उदाहरणका रूपमा उनले शेरबहादुर देउवाको राजनीतिक यात्रालाई उल्लेख गरेका छन्।
भूसालका अनुसार वर्तमान राजनीतिक परिदृश्यमा ओली र प्रचण्ड प्रभावहीन बन्दै गएसँगै विचार, सिद्धान्त, इतिहास र सामाजिक समझबाट टाढा रहेका नयाँ राजनीतिक पात्रहरूको उदय भएको छ। उनले यस्ता पात्रहरूको राजनीतिक अभिव्यक्तिमा सुशासन र कुशासनसम्बन्धी स्पष्ट दृष्टिकोण नदेखिएको टिप्पणी गरेका छन्।
समग्रमा, मुलुकको वर्तमान आवश्यकताका रूपमा उनले भ्रष्टाचारबाट टाढा रहने राजनीतिक शक्ति अपरिहार्य भएको निष्कर्ष प्रस्तुत गरेका छन्।
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend