Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • देउवाको दोहोरो नीतिः अध्यादेश ल्याएर थैली बुझ्दै नियुक्ति गर्ने, अहिले सदन अवरुद्ध किन गर्ने ?


    आइतबार, फाल्गुन २३ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले अध्यादेशको बिरोध गर्दै संसद बैठक अवरुद्ध गरेका छन् । प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेशका आधारमा संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगहरुमा आप्m्नो नियुक्तिमा भागबण्डा गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले कुन मुखले सदन अवरुद्ध गर्न सकेका हुन् ? यो प्रश्न देउवातिर सोझिएको छ ।

    अख्तियार जयबहादुर चन्ददेखि अन्य आयोगमा विभिन्न ब्यक्तिलाई थैली बुझेर नियुक्ति गरेका देउवाले अध्यादेशको बिरोधमा आजको सदन अवरुद्ध गर्नुलाई नैतिकताविपरीतको कार्यका रुपमा लिइएको छ । अध्यादेशमा अल्पमत बहुमतका आधारमा संवैधानिक परिषदबाट नियुक्ति गर्न सकिने अध्यादेश ल्याएपछि २०७७ मंसिर ३० मा प्रधानमन्त्री ओलीसँग मिलेर देउवाले आफ्नो कोटामा १३ जनालाई विभिन्न आयोगमा नियुक्ति गराएका थिए ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार