Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुकुम पूर्व र पश्चिममा एमालेले प्रलोपालाई सघाउने


    आइतबार, माघ ११ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिममा नेकपा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टी ९प्रलोपा० लाई सघाउने भएको छ ।

    एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

    रुकुम पश्चिममा प्रलोपाको तर्फबाट जनार्दन शर्मा उम्मेदवार छन् भने पूर्वमा संदिप पुन उम्मेदवार छन् । प्रलोपाको चुनाव चिन्ह आँखा हो ।

    एमालेले आँखामै मतदान गर्ने सहमति भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार