Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • कर्णालीबाट मिनासिंह रखाल राष्ट्रिय सभा सदस्यमा निर्वाचित


    आइतबार, माघ ११ २०८२
    555
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आइतबार (माघ ११) गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा दैलेखकी मिनासिंह रखाल निर्वाचित भएकी छन्।

    दैलेखको नारायण नगरपालिका घर भएकी एमाले नेतृ रखाल एमाले(कांग्रेसबीचको गठबन्धनबाट महिलातर्फ उम्मेदवार बन्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्।

    रखालले प्रदेशसभा तर्फ खसेको ३९ मतमा २६ र स्थानीयतर्फ खसेको १५२ मा ९३ मत प्राप्त गरिन् भने उनकी प्रतिद्धन्द्धी नेकपाकी उम्मेदवार अञ्जु महताराले प्रदेतर्फ १३ र स्थानीयतर्फ ५५ मत प्राप्त गरिन्।

    रखालले २०४७ सालमा एमालेको पार्टी सदस्यता लिएकी थिइन्। त्यसपछि २०५४ सालमा पहिलोपटक दैलेखको नेकपा एमालेको नारायण नगरपालिका नगर कमिटि सदस्य हुँदै उनी राजनीतिमा सक्रिय भएकी थिइन्।

    त्यसपछि नेकपा एमाले जिल्ला कमिटी दैलेखको सदस्यहुँदै पार्टी उपसचिव, साविकको भेरी अञ्चलको सदस्यदेखि ३ कार्याकाल नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर पनि रखालले काम गरिसकेकी छन्।

    उनी नेकपा एमालेको ९ र १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य र एमाले(माओवादीबीच भएको एकतापछि नेकपाको पनि केन्द्रीय सदस्य बनेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार