Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमाले–माओवादी अलग अलग, पार्टी एकता खारेज


    आइतबार, फाल्गुन २३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै एमाले र माओवादी केन्द्र अलग अलग पार्टीकै रुपमा कायम हुने भएका छन् । सर्वोच्चले पार्टी एकता नै खारेज गरेको छ ।

    ऋषि कट्टेल नेतृत्वको पार्टीको नामसँग मिलेकाले नेकपा नाम ओली प्रचण्डको नहुने आदेश दिनुलाई सामान्य मानिए पनि पार्टी एकतालाई नै अमान्य गर्नु अपेक्षा विपरीत भएको नेकपा दाहाल–नेपाल समूहको छ । सर्वोच्चको आदेशमा उल्लेख छ, अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने हुँदा अब यी दुई राजनीतिक दल(एमाले–माओवादी)ले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अबिलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नु गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरेको छ । 

    सर्वोच्चको फैसला हेर्नुुस्ः

    aadesh.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार