काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशका विभिन्न प्रदेशमा मतदान प्रक्रिया जारी रहँदा निर्वाचन आयोगले समय–समयमा प्रदेशगत मतदान अद्यावधिक सार्वजनिक गरेको छ। पछिल्लो विवरणअनुसार लुम्बिनी, बागमती, कोशी र कर्णाली प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।
निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशमा बिहान १०:३० बजेसम्म प्रदेश सभा सदस्यतर्फ महिला १८ र पुरुष ३१ गरी जम्मा ४९ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ भने महिला २७ र पुरुष ५२ गरी कुल ७९ मत खसिसकेको छ।
त्यसैगरी बागमती प्रदेशमा बिहान १०:५५ बजेसम्म प्रदेश सभा सदस्यतर्फ महिला २४ र पुरुष ३७ गरी जम्मा ६१ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ महिला ६० र पुरुष ११६ गरी कुल २३७ मत खसिसकेको आयोगले जनाएको छ।
लुम्बिनी प्रदेशमै ११:०० बजेसम्मको थप अद्यावधिक अनुसार प्रदेश सभा सदस्यतर्फ महिला २० र पुरुष ३२ गरी जम्मा ५२ मत खसेका छन् भने स्थानीय तह सदस्यतर्फ महिला ४१ र पुरुष ६८ गरी कुल १०९ मत खसिसकेको छ।
यसैगरी कोशी प्रदेशमा ११:०० बजेसम्म प्रदेश सभा सदस्यतर्फ महिला १४ र पुरुष ३४ गरी जम्मा ४८ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ महिला ६९ र पुरुष १०५ गरी कुल १७४ मत खसिसकेको विवरण आयोगले सार्वजनिक गरेको छ।
कर्णाली प्रदेशमा पनि ११:०० बजेसम्मको अद्यावधिक अनुसार प्रदेश सभा सदस्यतर्फ महिला १३ र पुरुष २५ गरी जम्मा ३८ मत खसेका छन्। स्थानीय तह सदस्यतर्फ महिला ४९ र पुरुष ८१ गरी कुल १३० मत खसिसकेको छ।
निर्वाचन आयोगले सबै प्रदेशमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाएको छ। आयोगका अनुसार मतदान सकिएपछि तोकिएको कार्यतालिका अनुसार मतगणना प्रक्रिया सुरु गरिनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनलाई संघीय संसद्को निरन्तरता र संघीय प्रणालीको सुदृढीकरणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौँ। शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend