Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले १६ गते जनकपुरमा गर्ने भनिएको चुनावी सभा स्थगित


    आइतबार, माघ ११ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको यही माघ १६ गते जनकपुरधाममा गर्ने भनिएको मधेशको चुनावी सभा स्थगित भएको छ ।

    निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गरिएको मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

    आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने उनले बताए । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेकोसमेत उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार