Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी आन्दोलनमा निर्वाचन आयोग जोगाउने डीएसपी कोइरालालाई ‘बर्ष अधिकृत’ सम्मान


    शुक्रबार, माघ ९ २०८२
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गएको भदौ २३ र २४ को जेन–जी आन्दोलनमा निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ‘बर्ष अधिकृत –२०८२’ को रुपमा सम्मान गरेको छ ।

    सशस्त्र प्रहरी बल नेपालको २५ओें स्थापना दिवसको अवसरमा प्रधान कार्यालय हल्चोकले आज बिहान आयोजना गरेको प्रभातकालीन विशेष कार्यक्रममा नगद २५ हजार रुपैयाँसहित ‘आईजी एपीएफ कमेन्डेशन’ र कदरपत्र प्रदान गरेको हो ।

    भदौ २४ गते कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमाथि तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति डिएसपी कोइरालाको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले परिस्थिति नियन्त्रणमा लिई थप क्षति हुनबाट जोगाएको थियो ।

    सुरक्षा बलको उच्च पेशागत क्षमता, धैर्यता र संवेदनशीलताका साथ प्रदर्शनकारीहरुलाई आयोगको मुख्य गेटमै शान्तिपूर्वक सम्झाई–बुझाई तथा भीड आक्रामक हुँदैगएपछि नियन्त्रित बल प्रयोग गरी भीडलाई तितरबितर गर्दै आयोगको संरचना, कागजात र सम्पत्ति सुरक्षित गरेको थियो ।

    यसअघि निर्वाचन आयोगको सुरक्षामा महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै निर्वाचन आयोगले पनि तत्कालीन गुल्मपतिलाई सम्मान गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार