Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तेस्रोपटकको स्वाब परिक्षणमा पनि एक महिलामा देखियो कोरोना पोजेटिभ


    बुधबार, बैशाख १७ २०७७
    750
    Shares
  • २ मिनेट पाठ
  • भरतपुर, १७ बैशाख  ।  बैशाख १५ गते स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएका चितवनकी  एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ ।  स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो ।

    ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छन् । उनमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको भइसकेका छन् ।आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आएका थिए । राप्ती नगरपालिका-८ निवासी दुई जनाकै कन्ट्रयाक्ट ट्रेसिङ गरी अन्यको कोरोना परीक्षण गरिएको थियो तर, कसैमा पनि कोरोना सङ्क्रमण देखिएको छैन ।

    यस्तै वैशाख १५ गते नै गरिएको अन्य २२ परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार