Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओखलढुंगामा अमिरबाबुलाई समर्थन गर्दै सन्त तामाङले फिर्ता लिए उम्मेदवारी


    शुक्रबार, माघ ९ २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट स्वतन्त्र उम्मेदवारी दिएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अमिरबाबु गुरुङलाई समर्थन गर्दै तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    नेपाली कम्युनिस्ट पार्टीका तामाङ टिकटको दाबेदार थिए । तर एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि गुरुङले टिकट पाएका थिए । त्यसबाट असन्तुष्ट तामाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    उनले अमिरबाबु गुरुङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेका छन् । आयोगले आज दिउँसो ३ बजेपछि मात्रै उम्मेदवारी फिर्ताको निवेदनमाथि निर्णय गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार