काठमाडौँ । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरवारमा बस्नेछ ।
बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
यस्तैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न अध्यादेशहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । अध्यक्षले पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य ऋषिकेश गौतम, पूर्वमन्त्री, संविधानसभा सदस्य एवं प्रतिनिधि सभाका पूर्वसदस्य मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ, पूर्वमन्त्री, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका पूर्वसदस्य आमोदप्रसाद उपाध्याय र पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्व सदस्य होमनाथ दाहालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend