Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय


    बिहिबार, माघ ८ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययन तथा छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यअवधि पुनः विस्तार गरेको छ।

    आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगलाई थप २० दिन समय दिने निर्णय गरेको हो। सरकारका एक मन्त्रीका अनुसार आयोगलाई तोकिएको कार्य सम्पन्न गर्न थप समय आवश्यक भएकाले म्याद बढाइएको हो।

    उक्त आयोगको अवधि यसअघि पनि एक पटक विस्तार गरिएको थियो। पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकाल एक महिनाले थप गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार