Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • कुलमानलाई धक्का, उज्यालो नेपाल पार्टीका तीन केन्द्रीय सदस्यले पार्टी छाडे


    बिहिबार, माघ ८ २०८२
    440
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारमा तीन वटा ठूला मन्त्रालयको नेतृत्व गर्ने मौका पाएका र ठूलै तामझामसाथ दल खोलेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का तीन केन्द्रीय सदस्यले पार्टी छाडेका छन् ।

    सुवास नेम्वाङको निधनपछि खाली भएको इलाम २ बाट उम्मेदवार भई पराजीत भएका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।

    उज्यालो नेपाल पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यान्त कमजोर, विचार, विधि, प्रक्रिया अस्पष्ट, पहिचानसम्बन्धी एजेन्डा लिखितरुपमा नभएको भन्दै पार्टी छाडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    साथै उनीहरूले पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन् ।

    डकेन्द्रसिंह थेगिम पार्टी गठन अघि प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समिति का संयोजक थिए । गुरुङ र इजम भने नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध थिए ।

    उज्यालो नेपाल पार्टी छाडेका तीन केन्द्रीय सदस्यले जारी गरेको विज्ञप्ति :

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार