Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • संयमित भएर चुनावी प्रचारमा लाग्न रविको निर्देशन


    बुधबार, माघ ७ २०८२
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संयमित भएर चुनावी प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार चितवन–२ मा उम्मेदवारी दर्ता गराएपछि आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्ण रुपमा आचारसंहिता पालना गर्न आग्रह गरेका हुन् ।

    ‘यसको नतिजा जे आएपनि स्वीकार्ने हिसाबले संयमित भएर हामी अगाडि बढ्नुपर्छ । स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ सबैले । भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै राजनीतिक दलले नगरोस्,’ उनले भने ।

    पार्टीपंक्तिलाई अरू दलका नेता कार्यकर्तालाई पनि सम्मान गर्न र संयमित भएर प्रस्तुत हुन आग्रह गर्दै उनले असन्तुष्टि, आक्रोश सबै मतबाट जाहेर गर्न आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार