Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न: निर्वाचन सुरक्षा र सामाजिक सञ्जाल दुरुपयोगमा कडाइ


    बुधबार, माघ ७ २०८२
    590
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित सुरक्षा रणनीति र तयारीबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक आयोजना गरिएको हो।

    गृहमन्त्री अध्यक्ष रहने केन्द्रीय सुरक्षा समितिमा गृह तथा रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने व्यवस्था छ। बैठकमा केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम सम्बन्धित निकायहरूले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीका योजनाबारे विस्तृत समीक्षा गरिएको छ।

    बैठकमा चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा योजनाअनुसार गरेका तयारीबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेका थिए। यस क्रममा समग्र सुरक्षा अवस्था, सम्भावित चुनौती र जोखिमबारे विश्लेषण गर्दै निकायगत समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

    समितिले निर्वाचन कार्यक्रमसँग समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको छ। साथै राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार–प्रसार र निर्वाचन अभियानलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउने उद्देश्यले सबै जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने निर्णय गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार