काठमाडौँ। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पति जलाउनेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।
बुधवार गृह जिल्ला झापामा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाको अवलोकन गर्दै अध्यक्ष ओलीले अपराधिक गतिविधिलाई दुरुत्साहन गर्न नहुने बताए। ‘अपराध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। अरुको घर जलाएर छोडिदिन पाइन्छरु,’ उनले प्रश्न गरे।
सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरू कानूनअनुसार दोषी रहेको उनको भनाइ थियो। आपराधिक गतिविधि गर्नेहरूलाई कारबाही हुनुपर्ने र अपराधलाई दुरुत्साहन गर्न नसकिने उनले बताए।
‘राष्ट्रिय सम्पति, सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा आपराधिक गतिविधि हुन्। अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। अपराध रोक्नुपर्छ,’ ओलीले भने।
अपराध रोकेर शान्तिपूर्ण र बस्न लायकको देश बनाउनुपर्ने उनले बताए। अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उनको जिकिर छ। ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो। त्यसकारण उनीहरूलाई जोगाउने काम गरेको छ,’ ओलीको आरोप थियो।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली उम्मेदवारी दर्ता गर्न सोमबार झापा गएका थिए। उनले झापा-५ बाट उम्मेदवारी दिएका छन्।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले पनि जनतामा आशा जगाउने काम गर्न नसकेको बताएका छन्। पार्टीको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन...
काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend