Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ बजेसम्म २६५५ जनाको उम्मेदवारी दर्ता


    मंगलबार, माघ ६ २०८२
    395
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता भएको छ । जसान महिलाको संख्या केवल ३०३ मात्रै छ । पुरुष उम्मेदवारको संख्या भने २ हजार ३५२ रहेको छ ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकाले उम्मेदवारी दर्ता गर्न पाउनेछन् । कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार