Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३ बजेसम्म देशभर १२१४ जनाको पर्‍यो उम्मेदवारी


    मंगलबार, माघ ६ २०८२
    350
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको क्रम जारी छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर १ हजार २१४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

    उम्मेदवारी परेकामध्ये ६५९ जनाको रुजु भएको छ भने ५५५ जनाको रुजु हुन बाँकी छ । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार