Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बालेनले झापा-५ बाट गराए उम्मेदवारी दर्ता


    मंगलबार, माघ ६ २०८२
    420
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

    मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालय समर्थक र बाजागाजासहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    शाहको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेसराज भट्टराई समर्थक रहेका छन् । स्थानीय संस्कृति झल्किने विभिन्न झाँकी र र्यालीसहित निर्वाचन कार्यालय पुगेका शाहलाई स्वागत गर्न रास्वपाका कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

    झापा ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा शाहको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक र त्रिपक्षीय बनाउने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार