Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रत्यक्ष तर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु


    मंगलबार, माघ ६ २०८२
    570
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ ।

    निर्वाचन आयोग सहायक प्रवक्ता कुलबहादुर जिसीलेका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १०:०० देखि बेलुकी ५:०० बजेसम्मको निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकिएको जानकारी दिए । बेलुकी ५:०० बजेसम्म आएर लाम बस्नेले उम्मेदवारी दर्ता गर्न पाउने पनि उनले बताए।

    सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयपत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ । आज बेलुकी ५:०० देखि ७:०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि उनले सुनाए।

    माघ ६ गते बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३:०० बजेदेखि माघ ८ गते बेलुका ५:०० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५:०० देखि ७:०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

    माघ ९ गते दिउँसो १:०० देखि ३:०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४:०० देखि साँझ ७:०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार