Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • उम्मेदवारी दर्ताका लागि बालेन शाह झापा- ५ मा


    मंगलबार, माघ ६ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह(बालेन)प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन झापा क्षेत्र नम्बर ५ पुगेका छन् ।

    उनले मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको जनाइएको छ ।

    झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार रहेका छन् । ओलीले मंगलबार दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

    ओली सोमबार नै झापा पुगेका थिए भने बालेन जनकपुरको कार्यक्रम सकेर मंगलबार मात्रै झापा पुगेका हुन् । बालेनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत आफू झापा–५ पुगेको जानकारी गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार