Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बामदेव गौतम चुनाव नलड्ने


    सोमबार, माघ ५ २०८२
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बर्दिया-१ को उम्मेदवार विष्णुप्रसाद चौधरीलाई बनाएको छ।

    यसअघि यो क्षेत्रमा नेकपाका नेता बामदेव गौतमको चर्चा थियो। तर, सोमबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीलाई टिकट थमाएका हुन्।

    यद्यपि, गौतमले भने यसमा असन्तुष्टि जनाएका छन्। गौतम यसअघि २०७४ को चुनावमा यही क्षेत्रमा पराजित भएका थिए। त्यसपछि उनी राष्ट्रिय सभाको सदस्य बनेका थिए।

    चुनावमा उठ्ने भन्दै उनले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए। यद्यपि, उनको पदावधि माघ १० गतेदेखि सकिँदै थियो। माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार