Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखा-२ मा रास्वपाले सघाउनेमा विश्वस्त छु: बाबुराम भट्टराई


    सोमबार, माघ ५ २०८२
    455
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा०का नेता डा। बाबुराम भट्टराईले गोरखा-२ मा आफूलाई रास्वपाले सघाउने विश्वास व्यक्त गरेका छन्।

    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले गोरखामा पत्रकारहरूसँग कुरा गर्दै आफूलाई रास्वपाले अभिभावक ठान्ने गरेको बताए।

    उनले भने, ‘६४ देखि निरन्तर साथीहरूले उठ भनेको बेलामा उठेको छु, नउठ् भनेको बेलामा छोडेको पनि छु। अहिले उठ् भनेकोले उठेको छु। यो मेरो रुचिको र मेरो मात्रै चाहनाको कुरा होइन, आवश्यकताको कुरा हो। फेरि मतदाताले निर्णय गर्ने कुरा हो।’

    उनले चुनाव लड्ने निर्णय भर्खरै गरेको भन्दै मतबारे मूल्यांकन गरी नसकेको बताए। उनले सहयोगका लागि अन्य दलसँग कुरा अहिलेसम्म नगरेको पनि बताए।

    उनले भने, ‘अहिले त मैले कसैसँग पनि कुरा गरेको छैन। मैले पहिले पनि कुरा हुँदाखेरि रास्वपाका साथीहरूले हाम्रो अभिभावक तपाईँ नै हो भनेर रविजी लगायतका साथीहरूले भन्ने पनि गर्नुहुन्थ्यो। विचारले मात्रै होइन, तपाईँ जस्तो परिपक्व मान्छे त संसद्मा नै हुनुपर्छ भन्ने उहाँहरूको बुझाइ छ। अहिले नयाँ दलहरू थुप्रै दलहरू, अरू पनि साथीहरूको पनि छ। उहाँहरूले पनि हाम्रो अभिभावक नै भन्नुहुन्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार