Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उम्मेदवारी दर्ता गर्न आज रुकुमपूर्व जाँदै प्रचण्ड


    सोमबार, माघ ५ २०८२
    480
    Shares
    राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी आज साँझ रुकुमपूर्व जान लागेका हुन् ।

    प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भोलि (मंगलबार) मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । प्रचण्डको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको नेकपा रुकुमपूर्वका इन्चार्ज तेजबहादुर वलीले जानकारी दिए ।

    मंगलबार मनोनयन दर्ता गरेर प्रचण्ड बुधबार मात्र काठमाडौँ फर्कने छन् । त्यस क्रममा उनले जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग विशेष राजनीतिक छलफल र परामर्श समेत गर्ने कार्यतालिका रहेको इन्चार्ज वलीले जानकारी दिए ।

    यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका थिए । त्यसबेला डा-बाबुराम भट्टराईले पार्टी एकता गर्ने सहमति अनुसार प्रचण्डलाई गोरखा- २ बाट निर्वाचित गराउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

    आफ्नो जित सुनिश्चित गर्न प्रचण्डले हरेक चुनावमा फरक फरक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आइरहेका छन् । २०७९ सालको निर्वाचनमा चितवन–३ बाट भागेर प्रचण्ड गोरखा–२ मा पुगेका थिए ।

    गोरखा-१, महोत्तरी- ४, सुनसरी–४ र कास्की–३ बाट उम्मेदवारका लागि सिफारिस भएका प्रचण्डले यसपटक भने सुरक्षित स्थान खोज्दै जनयुद्धको आधारभूमि रुकुमपूर्व पुगेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार