Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय


    आइतबार, माघ ४ २०८२
    400
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले भोलि (माघ ५ गते) देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगको आज बसेको बैठकले भोली देखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।

    प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम रहेको छ।

    आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चार माध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको समेत अनुगमन गर्नेछ। फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार