Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् मन्त्रीहरूसहितको बैठक  


    आइतबार, माघ ४ २०८२
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् ।

    बैठक आज आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्नेगरी बोलाइएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्न बैठक बोलाइएको बताइएको छ ।

    चुनावका लागि प्रत्यक्षतर्फ मङ्गलवार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार