Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बत्तिसपुतलीमा शेखर कोइराला समूहको भेला


    आइतबार, माघ ४ २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहका नेता काठमाडौँको बत्तिसपुतलीमा भेला भएका छन्।

    भेलामा कोइराला निकट कांग्रेसका पूर्व पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन्। डा.कोइरालासँगै धनराज गुरूङ, बलबहादुर केसी, जीवन परियार, गोविन्दराज पोखरेल, दीपक गिरी, रामकृष्ण यादव, डिगबहादुर लिम्बूलगायत नेता भेलामा उपस्थित छन्।

    विशेष महाधिवेशनबाट निर्वाचन कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको छ। त्यसका विरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ।

    अब के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न शेखर पक्षले पनि भेला बोलाएको हो। भेलामा आगामी चुनावका विषयमा पनि छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार