Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, बालेन पनि सहभागी हुने


    आइतबार, माघ ४ २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

    बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।

    आजको बैठकमा बालेन शाह पनि सहभागी हुने बताइएको छ। उनले दिउँसो २ बजेअघि नै काठमाडौँ महानगर प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठकमा सहभागी हुने तयारी गरेका हुन् ।

    निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार