Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चौबिसौं मुक्तिनाथ अधिकारी स्मृति दिवस : बिद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न


    शनिबार, माघ ३ २०८२
    715
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • कमला पन्थी

    लमजुङ ।  २४ औं मुक्तिनाथ अधिकारी स्मृति दिवसका अवसरमा पाणिनी संस्कृत माध्यमिक बिद्यालय कीर्तिपुर, दुराडाँडा लमजुङमा माध्यमिक बिद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको छ ।

    शनिबार भएको माध्यमिक बिद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगितामा सर्वोच्च उच्च माध्यमिक बिद्यालयका सन्जाल मौरती प्रथम, संस्कृति सदन माध्यमिक बिद्यालयका सगुन मिश्र द्वितीय एवम् पाणिनी संस्कृत माध्यमिक बिद्यालयका आशिष भट्टले तृतीय स्थान प्राप्त गर्नुभएको थियो ।\

    सुन्दर बजार नगरपालिकाका प्रमुख कृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न बिद्यालयको प्रतिनिधित्व गर्दै समाजसेवी, मानव अधिकारकर्मी एवम् शिक्षाप्रेमी स्वर्गीय मुक्तिनाथ अधिकारीका बारेमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

    पाणिनी संस्कृत माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवम् सुन्दर बजार नगरपालिका वडा न ३ का अध्यक्ष अमृत न्यौपानेले अध्यक्षता गर्नुभएको स्मृति कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक नवराज अधिकारीले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि सुन्दर बजार नगरपालिकाका मेयर कृष्ण कोइरालाले संस्कृत भाषामाथि हमलाका कारण मुक्तिनाथ अधिकारीको हत्या भएको बताउँदै उहाँको चिरस्मरणका लागि नगरपालिका प्रयासरत रहिरहने बताउँदै न्याय प्राप्तिका लागि सरकारलाई अझै बढी दबाब दिनुपर्ने बताउनुभयो ।

    राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य मोहना अन्सारीले चन्दा नदिएको आरोपमा गरिएको मुक्तिनाथ अधिकारीको हत्या असैह्य पीडादायी भएको तर २४ बर्षसम्म पनि पीडित परिवारलाई न्याय दिनमा सरकार असक्षम भएको बताउनु भयो । हत्या किन गरियो, न्याय कहिले पाइन्छ भन्ने प्रश्न राजनीतिक दल एवम् सरकारलाई गर्नुपर्ने बताउनुभयो ।

    द्वन्द पीडित राष्ट्रिय सन्जालका अध्यक्ष गीता रसाइलीले २४ बर्षसम्म राज्यले द्वन्द पीडितलाई न्याय दिनका लागि कुनै इमान्दार प्रयासै नगरेको कारणले एउटा परिवारले पनि न्याय नपाएको एवम् त्यसैका कारण द्वन्दहिनता मौलाएको कारण जेन्जी आन्दोलन हुन पुगेको बताउनुभयो ।

    एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष बिपिन बुढाथोकीले एम्नेष्टी नेपाल सदैब द्वन्द पीडितको न्यायका लागि सँगै रहेको बताउँदै सरकारले बिश्वसनीय बिधि प्रक्रिया अवलम्बन नगरेर दलका बफादार ब्यक्तिहरु राखेर काम नगर्ने आयोग बनाएर पीडितलाई झुलाउने काममात्र गरेको बताउनुभयो ।

    संघीय, प्रदेश तथा स्थानीय सरकारको पहलमा मुक्तिनाथ स्मृति द्वार, स्मृति पार्क निर्माण कार्यप्रक्रिया आरम्भ हुन लागेको वडा अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष अमृत न्यौपानेले जानकारी गराउनुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार