Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसका दुई पक्ष आमनेसामने, निर्वाचन आयोगको गेटबाहिर नाराबाजी


    शुक्रबार, माघ २ २०८२
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको दुई पक्ष निर्वाचन आयोगअगाडि आमनेसामने भएका छन् । पार्टीको आधिकारिकतालाई लिएर दुई पक्ष नाराबाजीमा उत्रिएको हो ।

    गगन थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसिरहेका थिए भने शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू केहीबेरअघि मात्रै निर्वाचन आयोग परिसर पुगेर धर्ना दिएका हुन् ।

    देउवा नेतृत्वको कांग्रेसको तर्फबाट तरुण दल अध्यक्ष विद्वान गुरुङसहित युवाहरू निर्वाचन कार्यालयअगाडि धर्ना दिँदै नाराबाजी गरिरहेका छन् ।

    दुवै पक्षका कांग्रेसी कार्यकर्ताको भीड बढेपछि आयोग परिसरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार